एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३३ पटक हेरिएको
Shares
एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची

सारांश

  •   महान्यायाधिवक्ताको कार्यालयले ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको छ।
  • उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।
  • ’जिल्लामा जाने भएकाहरूलाइ सहायक जिल्ला न्यायाधिवक्ता भनियो।

 

२ पुस, काठमाडौं । 

महान्यायाधिवक्ताको कार्यालयले ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको छ। उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।’जिल्लामा जाने भएकाहरूलाइ सहायक जिल्ला न्यायाधिवक्ता भनियो। खासमा सरूवा हुनेहरू सबै अधिकृतहरू तहकाहरू हुनुहुन्छ’, महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी प्रकाश गैतमले भने।

काज सरूवा भनेको छोटो समयका लागि गरिने अस्थायी किसिमको सरूवा हो। हिजै  मंगलबार गरिएको यो निर्णय सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। सरकारी मुद्दासँग सम्बन्धित कार्यमा दक्षता कायम गर्न तथा आवश्यकताअनुसार विभिन्न कार्यालयमा जनशक्ति व्यवस्थापन गर्न समय-समयमा सरुवा गर्ने चलन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?