जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएको २८ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै सर्लाहीको मलंगवामा विरोध सभा आयोजना गरिएको छ।
  • ‎विरोध सभामा बोल्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित मागहरूलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउदैेे उनले जनताको अधिकार सुनिश्चित हुने गरी पार्टीले अघि सारेका २८ बुँदे मागहरू तत्काल कार्यान्वयन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए।
  • ‎सभामा पार्टीका केन्द्रीय सदस्य सुनैना चाैधरी , मिरा मण्डल , राष्ट्रिय सभाका पुर्व सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव , बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन यादव , कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा स्थानीय तहका नेताहरू, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

१ पुस, सर्लाही ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएको २८ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै सर्लाहीको मलंगवामा विरोध सभा आयोजना गरिएको छ। ‎विरोध सभामा बोल्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित मागहरूलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउदैेे उनले जनताको अधिकार सुनिश्चित हुने गरी पार्टीले अघि सारेका २८ बुँदे मागहरू तत्काल कार्यान्वयन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए।


‎सभामा पार्टीका केन्द्रीय सदस्य सुनैना चाैधरी , मिरा मण्डल , राष्ट्रिय सभाका पुर्व सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव , बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन यादव , कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा स्थानीय तहका नेताहरू, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले सरकार जनताको समस्या समाधानप्रति गम्भीर नदेखिएको भन्दै दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। ‎विरोध सभा जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा सम्पन्न भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ