एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

सारांश

  • नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • पोलिटब्यूरो सदस्य एंव मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै कार्यहरु लगभग सकिएको जानकारी दिए ।
  • महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने र मन्चपनि सन्देशमुलक बनाउने हिसाबले तयार गरेको बताए ।

२६ मंसिर, काठमाडौं ।

नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पोलिटब्यूरो सदस्य एंव मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै कार्यहरु लगभग सकिएको जानकारी दिए । महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने र मन्चपनि सन्देशमुलक बनाउने हिसाबले तयार गरेको बताए ।

उनले भने, ‘महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैं पनि केही सन्देश दिनुपर्छ भन्ने हिसाबले बनाएका छौं ।’ यस्तै, उनले भक्तपुर पुरातात्विक सहर, मन्दिरहरुको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहर भएको हिसाबले यसलाई प्रवद्र्धन गर्न पनि भक्तपुरमा महाधिवेशन गरेको र मञ्चमा पनि चाँगुनारायण मन्दिरको प्रतिमा राखेको बताए । उनले भने, ‘भक्तपुर जहाँ पुरातात्विक सहर, मन्दिरहरुको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहरलाई पनि प्रमोशन गर्न खोजिरहेका छौ ।

यस कार्यक्रममार्फत युगौंसम्म छाप रहोस भनेर मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा पनि राखेका छौ । महाधिवेशनबाट थाहा नभएको मान्छेले पनि यो मन्दिरको बारेमा थाहा पाउन सक्छन् ।’ यसका साथै, उनले काठमाडौंका मन्दिरहरु–पशुपतिनाथ, स्वयम्भूनाथ, ललितपुरको कृष्ण मन्दिर र भक्तपुरको न्यातापोल मन्दिरदेखि सबै मन्दिरको प्रतिमा पनि मञ्चमा राखेको बताए । नेकपा एमाले सिद्धान्त मात्र नभइ सांस्कृतिक विषयमा पनि काम गर्छ भन्ने सन्देश दिन चाहेको उनले बताए । जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले महाधिवेशन स्थलमा उल्लेख्य मात्रामा स्वयमसेवक परिचालन गरिने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते
काठमाडौँका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई
हामी गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेका छौं : बाबुराम भट्टराई