सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद

सारांश

  • जेनजी समुह र सरकार बिच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो ।
  • जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए ।
  • विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए ।

 

२५ मंसिर, काठमाडौं ।

जेनजी समुह र सरकार बिच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो । जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए । विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए ।

जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्वोधनपछि जेनजी युवायुवतीहरु एक आपसमा झगडा गरेका हुन् । प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?