गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, श*व नेपाल ल्याउने तयारी
काठमाडौं ।
भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् ।

उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ । चुर्णबहादुरको शवलाई गोवाबाट एयर एम्बुलेन्समार्फत् लखनउ र लखनउबाट गाडीमा दाङ पुर्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्यको हकमा पनि घरसम्मै शव पुर्याइदिने पहल भइरहेको छ । त्यसका लागि भारतमा रहेका नेपालीहरुले पनि सहयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी सुरु भएको थियो । त्यसक्रममा ग्यास सिलिण्डर पनि विष्फोट हुँदा आगो भयावह भएको थियो ।





Post Comment