मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मुलुकको संकट अझै टरेको छैन : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् ।
  • काठमाडौंमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् ।
  • उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्‍यो ।

२४ मंसिर, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् । काठमाडौंमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् । उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्‍यो । राष्ट्र निकै ठूलो संकटमा पर्‍यो । अझै पनि संकट पूरै टरेको छैन ।

ठूला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि कुनै न कुनै खालको भूराजनीतिक चलखेल गरे ।’ उनले अगाडि भने, ‘हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर मिसाइल टेस्ट गरेर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा छैनौं । त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत नेपालको छैन । तर तीन करोड नेपाली एक ढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ । त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन । हाम्रो राष्ट्रको स्वाधिनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्दछ ।’ नेपाली कम्युनिस्ट पार्टी बनाउनुको उद्देश्य अरू लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लानुको रहेको उनको भनाइ ५ । राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका निम्ति एउटा नयाँ अभियान तिर जाने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाइएको भन्दै संयोजक प्रचण्डले देशभरिका सबै देशभक्त नेपालीहरूबीच एकता कायम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु
पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा
११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा
अत्यधिक गर्मीका कारण पाकिस्तानका विद्यालय बन्द
अत्यधिक गर्मीका कारण पाकिस्तानका विद्यालय बन्द
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण