गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला) मुनु महावरले मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
  • भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भारतले गर्ने सहयोगबारे चर्चा गरिएको गृहमन्त्रालयले जनाएको छ।
  • महावरले निर्वाचनका लागि आवश्यक स्रोत–साधन, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयमा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।

२३ मंसिर, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला) मुनु महावरले मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भारतले गर्ने सहयोगबारे चर्चा गरिएको गृहमन्त्रालयले जनाएको छ।

महावरले निर्वाचनका लागि आवश्यक स्रोत–साधन, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयमा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, विपद् पीडित संरचनाको पुनर्स्थापना तथा व्यवस्थापनमा सहयोग जारी रहने कुरा पनि महावरले स्पष्ट पारे। भैरहवामा निर्माण भइरहेको एकीकृत जाँच चौकी र नेपालमा भारतीय लगानीमा चलिरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न भारत सहयोग गर्ने उनले बताए। साथै, उनले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तोसमेत दिए।

भेटमा गृहमन्त्री अर्यालले दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम तीव्र बनाउन भारतसँग अनुरोध गरे। उनले सुशासन, कानुन कार्यान्वयन, सेवा प्रवाह, अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाममा दुवै देशका सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै, उनले काभ्रेको पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको कार्य दुवै पक्षले छिटो अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
अन्नपूर्ण क्षेत्रमा एक लाख ४० हजार पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक लाख ४० हजार पर्यटक
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा