सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला) मुनु महावरले मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
  • भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भारतले गर्ने सहयोगबारे चर्चा गरिएको गृहमन्त्रालयले जनाएको छ।
  • महावरले निर्वाचनका लागि आवश्यक स्रोत–साधन, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयमा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।

 

२३ मंसिर, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला) मुनु महावरले मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भारतले गर्ने सहयोगबारे चर्चा गरिएको गृहमन्त्रालयले जनाएको छ।

महावरले निर्वाचनका लागि आवश्यक स्रोत–साधन, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयमा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, विपद् पीडित संरचनाको पुनर्स्थापना तथा व्यवस्थापनमा सहयोग जारी रहने कुरा पनि महावरले स्पष्ट पारे। भैरहवामा निर्माण भइरहेको एकीकृत जाँच चौकी र नेपालमा भारतीय लगानीमा चलिरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न भारत सहयोग गर्ने उनले बताए। साथै, उनले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तोसमेत दिए।

भेटमा गृहमन्त्री अर्यालले दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम तीव्र बनाउन भारतसँग अनुरोध गरे। उनले सुशासन, कानुन कार्यान्वयन, सेवा प्रवाह, अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाममा दुवै देशका सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै, उनले काभ्रेको पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको कार्य दुवै पक्षले छिटो अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुनसरीबाट निषेधित औषधी सहित १ जना पक्राउ
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन्: हरि ढकाल