एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि

सारांश

  • नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ।
  •  पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटिरहेका छन्।
  • अधिकारीले महाधिवेशनमा दुई हजार ६ सय १३ जना सहभागी हुने जानकारी दिए।

२३ मंसिर, काठमाडौं ।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटिरहेका छन्। अधिकारीले महाधिवेशनमा दुई हजार ६ सय १३ जना सहभागी हुने जानकारी दिए। त्यसमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचित भएर आउने छन्।

एकसय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनित हुनेछन्। मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले बताए। तत्कालिन नेकपा एसलाई लक्षित गरेर एमालेले सुरु गरेको ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन्। उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ।  अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या पनि समाधान भइसकेको छ।  ती जिल्लाहरुमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पु¥याएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो। जस अनुसार दुवै जिल्लाबाट सर्वसहमत रुपमा प्रतिनिधि छनौट भएर आएका छन्।

त्यस बाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए। प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको छ। संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ। ‘हामीले ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरुको भेरिफिकेसन गरिसक्यौँ,’ अधिकारीले भने। एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधिबाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन्। उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन्।

सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो।  प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन्।  विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ।  मंसिर २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा