सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा अहिलेसम्म योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरेका छन्।
  •  सोमबार काठमाडौँमा आयोजित सभामा बोल्दै उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको दाबी गरे।
  • साम्पाङले भने, ‘अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे उनका अनुसार, नेपालको राजनीतिमा नेतृत्व भन्ने शब्द केवल पद र शक्तिमा सीमित भयो, देश विकासका लागि आवश्यक दृष्टिकोण नभएको प्रमाणित हुँदै आएको छ।

 

२२ मंसिर, काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा अहिलेसम्म योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरेका छन्। सोमबार काठमाडौँमा आयोजित सभामा बोल्दै उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको दाबी गरे। साम्पाङले भने, ‘अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे उनका अनुसार, नेपालको राजनीतिमा नेतृत्व भन्ने शब्द केवल पद र शक्तिमा सीमित भयो, देश विकासका लागि आवश्यक दृष्टिकोण नभएको प्रमाणित हुँदै आएको छ।

साम्पाङ भन्छन्, ‘यो देशमा हामीले आजसम्म चुनेको नेतामा भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने भिजन थिएन।’ उनको आरोप छ कि नेताहरूले विदेशी शक्तिको चाकडी गर्न, अलिकति अनुदान लिन र धेरै ऋण लिनमै आफूलाई सीमित गरे। साम्पाङले थपे, ‘लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने। बरु पुल नबनाउने, आफ्नो सम्पत्ति जोड्ने। यो खालको मान्छेहरुलाई हामीले नेता ठानेर चुनिरह्यौँ।’ विगतका चुनावमा जनता नेतृत्व चयनमा भ्रमित भएको साम्पाङको टिप्पणी छ। उनले भने, ‘भिजन नभएको नेता चुनेको हुनाले ऊ आफैलाई पनि थाहा हुँदैन देशलाई कहाँ पुर्‍याउने?’

साम्पाङका अनुसार, समयको मूल्य नबुझ्ने नेतृत्वले युवालाई समेत दिशाहीन बनाइरहेको छ। उनका शब्दमा, ‘भिजन नभएको नेतालाई समयको महत्व हुँदैन। उसले युवालाई पनि समयको महत्व बुझाउँदैन।’ भ्रष्टाचार र अन्याय बढ्नु पनि गलत नेतृत्व चयनकै परिणाम भएको उनको निष्कर्ष छ। साम्पाङले अन्त्यमा भने, ‘हामी त्यस्ता मान्छेलाई चुनिरह्यौँ जुन मान्छेले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, अन्यायमाथि अन्याय गरिरहे।’ साम्पाङले अब नेतृत्व चयनमा जनताले सचेत हुनुपर्ने र भिजनयुक्त व्यक्तिलाई अघि ल्याउनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलबाट १ किलो १०० ग्राम सुनसहित १ जना पक्राउ
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सिंहदरबारमा शिक्षा समितिको बैठक जारी
सिंहदरबारमा शिक्षा समितिको बैठक जारी
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा