Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्ससामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो ।
  • काठमाण्डुका लागि ओपनर वेन चार्ल्सवथले सर्वाधिक ६४ रन बनाए ।

 

१८ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्ससामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो ।

काठमाण्डुका लागि ओपनर वेन चार्ल्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए । आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र महोम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।

बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए । यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
आमा-छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी
आमा-छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए