सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की

सारांश

  • उज्यालो पार्टीमा आवद्ध जेनजी युवा किशोरी कार्कीले अब एकजुट भएर नयाँ सोच र जागरणका साथ अगाडि बढ्ने समय आएको बताएकी छन् ।
  • बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा उनले अब एकजुट भएर अगाडि बढ्न नसके सधैँ राज्यको दमनमा पर्ने भन्दै भदौ २३ र २४ गते बगेको रगत खेर नजाओस भन्नको लागि सबै सहि ठाँउमा आउन आवश्यक रहेको बताईन् ।
  •   उनले भनिन्, ‘अहिले हाम्रो देश अन्धकारमा हुदाँ, आज म उज्यालो बत्ति मुनि उभिएको छु ।

१७ मंसिर,काठमाडौं ।

उज्यालो पार्टीमा आवद्ध जेनजी युवा किशोरी कार्कीले अब एकजुट भएर नयाँ सोच र जागरणका साथ अगाडि बढ्ने समय आएको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा उनले अब एकजुट भएर अगाडि बढ्न नसके सधैँ राज्यको दमनमा पर्ने भन्दै भदौ २३ र २४ गते बगेको रगत खेर नजाओस भन्नको लागि सबै सहि ठाँउमा आउन आवश्यक रहेको बताईन् ।  उनले भनिन्, ‘अहिले हाम्रो देश अन्धकारमा हुदाँ, आज म उज्यालो बत्ति मुनि उभिएको छु ।

अब हामी एकजुट भएर अगाडि बढेनौ भने राज्यले सधैँ हामी माथि दमन गर्ने छ त्यसकारण नयाँ सोच, नयाँ जागरणका साथ सबै जना अगाडि बढौ । भदौ २३ र २४ गते जुन भाई बहिनीको रगत बगेको छ त्यो खेर नजाओस भन्नको लागि हामी सबै सहि ठाँउमा आउन आवश्यक छ ।’ यस्तै, उनले आफू पनि वेपत्ता पीडितको छोरी भएको भन्दै क्षतिपूर्ति न्याय नभएको बताईन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति पाए पनि गोली हान्ने हत्याराहरु रमाएर हिडिरहेको भन्दै क्षतिपूर्ति दिनु होईन तीनिहरुलाई कठघरामा लानु न्याय भएको उनको भनाई छ ।

उनले भनिन्, ‘म एउटा वेपत्ता पीडितको छोरी हो, त्यसकारणले पनि जेनजी आन्दोलनमा ज्यान गुमाउने परिवारहरुलाई के भन्न चहान्छु भने समय यही नै हो । अहिले आवाज उठाउन सकिएन भने न्याय पाउन गाह्रो हुन्छ र क्षतिपूर्ति न्याय होईन मैले पनि मेरो बुबा वेपत्ता हुदाँ १० लाख पाएको हो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति त पाए तर गोली हान्ने हत्याराहरु रमाएर हिडिरहेका छन् । तीनिहरुलाई कठघरामा लानु न्याय होकि क्षतिपूर्ति न्याय हो ।’ साथै, उनले कतिजनाले सडकबाट घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै राजनीतिमा आउनुपर्ने भन्दै प्रश्न गरिरहेको उल्लेख गर्दै राजनीति उमेरले होईन्, पीडा, भोगाई र जीवनकालले सिकाउने बताईन् ।

उनले भनिन्, ‘कतिजनाले सडकबाट एकजना घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै तपाई राजनीतिमा किन आउनु पर्ने, तपाईको उमेर कति नै भयो र राजनीतिमा आउन भनेर प्रश्न गर्नु भएको छ त्यसको जवाफ के दिन चहान्छु भने राजनीति भन्ने कुरा उमेरले होईन्, पीडा आफ्नो भोगाई र आफ्नो जीवनकालले सिकाउने कुरा हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद