Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

सारांश

  • त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ ।
  • विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् ।
  • त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो ।

१५ माघ, कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालयले सोमबारदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ ।

विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो । विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरे । उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान सोमबार सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे । यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् । सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट tuexam.edu.np लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग
राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन
पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ