लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने

सारांश

  • बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ ।
  • मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो ।
  • कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फच्र्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहित १० हजार भन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा रहेको छ ।

१६ मंसिर, काठमाडौं ।

बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ । मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो । कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फच्र्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहित १० हजार भन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा रहेको छ ।

उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरूको समेत सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ । त्यस्तै, डिसेम्बर १२ मा रामग्राम स्तुपामा एक प्रमुख दीप अर्पण समारोह हुनेछ, जहाँ हजारौं दीप र शान्तिको लागि प्रार्थनाले रातको आकाशलाई उज्यालो पार्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
हर्क साम्पाङका समर्थकहरु भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’
हर्क साम्पाङका समर्थकहरु भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई