जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
  • मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन् ।
  • साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार गर्न र नयाँ राजनीतिको बाटो बनाउनको लागि भदौ २४ गतेको विध्वंश र जेनजीहरुको माग नयाँ पानी ढलो हुन्छ भन्ने आम जनताको विचार गलत साबित भइरहेको पनि उनको भनाई छ ।

 

१५ मंसिर,काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन् ।

साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार गर्न र नयाँ राजनीतिको बाटो बनाउनको लागि भदौ २४ गतेको विध्वंश र जेनजीहरुको माग नयाँ पानी ढलो हुन्छ भन्ने आम जनताको विचार गलत साबित भइरहेको पनि उनको भनाई छ । उनले जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो त्यो बिस्फोटबाट मुलुकले केही नपाएको भन्दै पुराना भनिएका ठूला सत्ताधारी पार्टीका तीनै अनुहारहरु जस्ताको त्यस्तै फर्किनु यो कुराको प्रमाण भएको बताए ।

उनले भने, ‘जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो, त्यो बिस्फोटबाट मुलुकले केही नपाउने देखिदैछ । फेरि पनि तिनै अनुहारहरु, पुराना भनिएका ठूला सत्ताधारी पार्टीका अनुहारहरु जस्ताको त्यस्तै फेरि राजनीतिमा फर्किने संकेत देखिदैछ ।’ उनले ‘वर्तमान ठोस परिस्थिति र पार्टी निर्माण’ शिर्षकको प्रस्तावमाथि बैठकले विस्तृत छलफल गरेको पनि बताए । बैठकबाट जेनजीको शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानविन गरी कारवाही गर्न जोडदार माग गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु
झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै