प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं

सारांश

  •  शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसँग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रूपमा जानकारी गराएको भन्दै छिट्टै प्रधानमन्त्रीसँग वार्ता गर्ने तय भएको बताए।
  • उनले अभियानले अघि सारेका मागहरू आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रूपमा लिएको जानकारी दिए।
  •  प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने माग राखेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूका मागका विषयमा प्रधानमन्त्रीसँग वार्ता गर्ने तयारी भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसँग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रूपमा जानकारी गराएको भन्दै छिट्टै प्रधानमन्त्रीसँग वार्ता गर्ने तय भएको बताए।

उनले अभियानले अघि सारेका मागहरू आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रूपमा लिएको जानकारी दिए। प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने माग राखेका छन्। उनले सेना, प्रहरी र निजामती कर्मचारीको तलव बृद्धि गर्नुपर्ने, हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्नेलगायत मागबारे जानकारी गराइएको बताए।  प्रसाईंले आफूहरूको माग पूरा नभए फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन नसक्ने दाबी गरे। प्रसाईंले आफूहरू आन्दोलनबाट नभागेको भन्दै सरकारले आफ्ना मागप्रति गम्भीरता नदेखाए सशक्त आन्दोलनको बाटो रोज्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री
हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री
काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात
काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
७८ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा मुद्दा दायर
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा