Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय पक्राउ

सारांश

  • पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी, थाना रक्सौल, वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्।
  • पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन्।

१२ मंसिर, पर्सा ।

पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी, थाना रक्सौल, वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन्।

पाठकका अनुसार साह मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट रु.१००० दरका ७०० थान र रु.५०० दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका साहमाथि थप अनुसन्धान थालिएको छ। प्रहरीका अनुसार स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको पाइएपछि यस विषयमा अनुसन्धान चलाइएको हो । हुण्डी कारोबार गैरकानुनी भएकाले यसले राष्ट्र बैंकको नियमनअन्तर्गत कानुनी कारबाहीको दायरामा पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र
कक्षा ११ र १२ को ग्रेडवृद्धि परीक्षा जेठ ४ देखि, निर्धारण भयो परीक्षा केन्द्र