मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा आज शुक्रबार पनि सुनुवाइ हुँदै छ ।
  • न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ ।
  • विहीबार यो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

१२ मंसिर, काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा आज शुक्रबार पनि सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ । विहीबार यो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसदहरुले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादव लगायतले दायर गरेको अर्को एक रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै काम नगर्न आदेश दिएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा यादवलाई मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएपछि चर्को आलोचना व्यहोरेकी भण्डारीलाई सरकारले प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो । नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण नियुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृ*त्यु
बाढीपहिरो अपडेट : देशभर ५२ जनाको मृ*त्यु
मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी
मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ