निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुग्यो

सारांश

  • हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ ।
  • यो सँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ ।
  • निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् ।

७ मंसिर, काठमाडौं ।

हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यो सँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् । २७ भदौमा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गर्नुपर्छ । प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरी ५६ दलले दल दर्ता गरेका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यही १० मंसिरसम्मको समय तोकिएको छ । १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने दलहरूले चुनाव लड्न पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ ।

सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघ हुनेछ । ८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ । पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
झापामा बोर्डिङ स्कुलको शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
झापामा बोर्डिङ स्कुलको शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का