१० श्रावण २०८२, शुक्रबार

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

११ माघ, सुर्खेत ।राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

बिहीबार आएको मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए । गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक उम्मेदवार बनेका थिए ।नेकपा एमालेबाट अन्यतर्फमा डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमलाकुमारी शाही, दलिततर्फबाट हिक्मतबहादुर विक उम्मेदवार बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?