मध्यरातमा गिरफ्तार गर्न केले बाध्य बनायो ? भनेर प्रश्न गर्दै उनले सरकारसँग जवाफ मागेका छन् । डा. आचार्यले फेसबुकमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानुनत: बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !’ प्रसाईंको गिरफ्तारिमा उनीहरू जस्तै केही राजावादी समर्थकहरूले पनि आपत्ति जनाएका छन् । यसअघि यस्तै अभिव्यक्ति दिएको आरोपमा डा निकोलस भुसाल पक्राउ परेका थिए । उनले ड्रोनबाट बम खसालेर प्रहरी हेडक्वाटर नै ध्वस्त पार्न सक्नेसम्मको चेतावनी दिएका थिए । तर उनीहरूको पक्राउकोलाई अभिव्यक्ति स्वतन्त्रको रूपमा बुझ्न नहुने प्रहरीले बताएको छ । अभिव्यक्ति स्वतन्त्रको नाममा कानुन विपरीतको कार्य गर्ने, हिंसा भड्काउने छुट कसैलाई नभएको प्रहरीले बताएको छ ।

प्रसाईं पक्राउ पर्नुको कारणमा जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति निकालेरै प्रष्ट पारेको छ । विज्ञप्तिमा प्रसाईं आफ्नै अभिव्यक्तिका कारण पक्राउ परेको उल्लेख छ । एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई भन्छन्, ‘कानुन विपरीतको गतिविधि गर्ने, सार्वजनिक शान्तिमा खलल पुर्याउने, मानिसलाई भड्काउने, उक्साउने किसिमका अभिव्यक्ति दिने छुट कसैलाई छैन ।’अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसा भड्काउनेदेखि राष्ट्रिय सुरक्षामा आँच आउने अभिव्यक्तिका कारण उनीहरू कानुनी दायरामा आएको प्रहरीले बताएको छ । सोमबर राति पक्राउ परेका प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रसाईंले दूतावासहरूमा बालेन शाहले बम पड्काउने योजना रहेकोदेखि प्रहरीलाई कुटाइ नपुगेकोसम्मका अभिव्यक्ति दिएका थिए ।



प्रतिक्रिया