यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
३२ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

सारांश

  • जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
  • मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
  • भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

२ मंसिर, काठमाडौं ।

जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरिएको छ। प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको हो। बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले बताए।

साथै, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम गर्ने निर्णय गरिएको छ। सो कार्यका लागी अध्यागमन नियमावली, २०५१ को अनुसूचि–१२ मा हेरफेर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। बैठकले सहिद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव