३९ केजी गाँजासहित सर्लाहीबाट एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
१९ पटक हेरिएको
Shares
३९ केजी गाँजासहित सर्लाहीबाट एक जना पक्राउ

सारांश

  • सर्लाहीबाट  झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका – ६ स्थित शिव मन्दिर नजिकबाट करिव गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका – १, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन्।

१ मंसिर, सर्लाही ।

सर्लाहीबाट  झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका – ६ स्थित शिव मन्दिर नजिकबाट करिव गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका – १, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन्।

उनलाई उक्त परिमाणको गाँजासहित इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ५ बजे पक्राउ गरेको हो । लखन्देही खोलातर्फबाट भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको जानकारी पाएपछि प्रहरी शिव मन्दिर क्षेत्र वरपर तैनाथ भएको थियो । प्रहरीले प्रदेश – २ – ०३००१ ह ३२८ नम्बरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद गरेको हो ।

अटोमा एक पोका र मोटरसाइकलमा छ पोका गाँजा बरामद भएको बताइएको छ ।  पक्राउ परेका बद्री बहादुर अटोमा सवार थिए भने मोटरसाइकलमा रहेका व्यक्ति घटनास्थलबाट फरार भएको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ