एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
५७ पटक हेरिएको
Shares
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह

सारांश

  • सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।
  •   क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए।

२९, कात्तिक, काठमाडौँ ।

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।  क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए। एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्न क्यान एकजुट रहेको उनको भनाइ छ।

सचिव खड्काले भने, ‘हामीसबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा यो पटक एनपीएल फरक हुनेछ। यो पटक फ्लड लाइटमा खेल्न नयाँ प्यारापिटमा बनेको छ। नेपाली क्रिकेट उद्योग बन्न सक्ने अवस्थामा पुगेको छ तर अझै धेरै गर्न बाँकी छ।’  उनले दर्शकको सुरक्षालाई पनि ध्यान दिएर त्यही अनुसारको व्यवस्थापन गरेको जानकारी दिए। ‘एनपीएलका लागि दर्शकको सुरक्षालाई ध्यानमा राखेका छौँ,’

खड्काले भने, ‘हामीले पाँचवटा गेट खुला गर्नेछौँ। टिकट भएका दर्शकमात्र मैदानसम्म आइदिनु होला, टिकट नहुनेहरु घरमा नै बसेर टेलिभिजन वा ओटीटी प्लेफर्मबाट हेरिदिनु होला।’  यस्तै उनले करिब एक महिना चल्ने एनपीएलको समयमा कुनै पनि आन्दोलनका कार्यक्रम उपत्यकामा नगरिदिन र काठमाडौँ बाहिर गरिदिन समेत आग्रह गरे। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको तयारी पूरा भएको बताए। पहिलो संस्करणको तुलनामा दोस्रो सिजनलाई अझ राम्रो बनाउने प्रयास गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
चीनमा नेपाली संस्कृति प्रदर्शन
चीनमा नेपाली संस्कृति प्रदर्शन
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु
करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...