एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
१७ पटक हेरिएको
Shares
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह

सारांश

  • सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।
  •   क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए।

२९, कात्तिक, काठमाडौँ ।

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो सिजनको एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।  क्यानका सचिव पारस खड्काले पहिलाको सिजनभन्दा यो पटक एनपीएल अझ रोमाञ्चक हुने बताए। एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्न क्यान एकजुट रहेको उनको भनाइ छ।

सचिव खड्काले भने, ‘हामीसबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा यो पटक एनपीएल फरक हुनेछ। यो पटक फ्लड लाइटमा खेल्न नयाँ प्यारापिटमा बनेको छ। नेपाली क्रिकेट उद्योग बन्न सक्ने अवस्थामा पुगेको छ तर अझै धेरै गर्न बाँकी छ।’  उनले दर्शकको सुरक्षालाई पनि ध्यान दिएर त्यही अनुसारको व्यवस्थापन गरेको जानकारी दिए। ‘एनपीएलका लागि दर्शकको सुरक्षालाई ध्यानमा राखेका छौँ,’

खड्काले भने, ‘हामीले पाँचवटा गेट खुला गर्नेछौँ। टिकट भएका दर्शकमात्र मैदानसम्म आइदिनु होला, टिकट नहुनेहरु घरमा नै बसेर टेलिभिजन वा ओटीटी प्लेफर्मबाट हेरिदिनु होला।’  यस्तै उनले करिब एक महिना चल्ने एनपीएलको समयमा कुनै पनि आन्दोलनका कार्यक्रम उपत्यकामा नगरिदिन र काठमाडौँ बाहिर गरिदिन समेत आग्रह गरे। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको तयारी पूरा भएको बताए। पहिलो संस्करणको तुलनामा दोस्रो सिजनलाई अझ राम्रो बनाउने प्रयास गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित,
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित,
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
सुनसरीमा करेन्ट लागेर १ जनाको मृ*त्यु
सुनसरीमा करेन्ट लागेर १ जनाको मृ*त्यु
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध

तपाईंले छुटाउनुभयो कि?