गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् ।
  • शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हुन् ।
  • प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए ।

२९ कात्तिक, काठमाडौँ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् । शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हुन् । प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए । मर्मत र रंगरोगनपछि प्रहरीले त्यहीँबाट सेवा सुचारु गरेको छ । थानकोट वृत्तको नवनिर्मित भवन उद्घाटन भएको ९ औँ दिनमा नै आन्दोलनकारीले आगजनी गरेका हुन् । तत्कालीन एआईजी टेकबहादुर तामाङले भदौ १६ मा नवनिर्मित भवनको उद्घाटन गरेका थिए । निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी र काठमाडौँका एसएसपी रमेश थापा पनि सहभागी थिए ।

प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले प्रदर्शनमा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा र सवारीसाधन क्षति हुन नदिएको ब्रिफिङ गरेकी छन् । गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीको रासन सुविधा अन्य सुरक्षा निकायको स्तरमा लैजाने गरी अन्तिम तयारी भएको बताए । उनले भने– ‘अरू सुरक्षा निकायले पाउँदै आएको सरह प्रहरी कर्मचारीलाई पनि रासन सुविधा वृद्धि गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ ।’ आन्दोलनमा प्रहरी कर्मचारीको क्षति भएको व्यक्तिगत सामग्रीलाई कसरी पूर्ति गर्ने भन्नेबारे छलफल भइरहेको मन्त्री अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी
कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता