जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
१४ पटक हेरिएको
Shares
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो

सारांश

  • जम्मु-कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति भएको विस्फोटमा मारिनेको संख्या ९ पुगेको छ।
  • भारतीय सञ्चारमाध्यमका अनुसार राति ११:२० बजे भएको विस्फोटमा २९ जना घाइते भएका छन्।
  • जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना छ।

२९ कात्तिक, काठमाडौं ।

जम्मु-कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति भएको विस्फोटमा मारिनेको संख्या ९ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार राति ११:२० बजे भएको विस्फोटमा २९ जना घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना छ। नौगाम प्रहरी स्टेसनमा भएको विस्फोट गत सोमबार दिल्लीको लालकिल्लाअगाडि भएको कार बममा प्रयोग गरिएकै अमोनियम नाइट्रेटबाट गराइएको पाइएको छ।

कश्मीर प्रहरी अधिकारीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि मृतकहरूको पहिचान गर्न गाह्रो भएको छ। धेरै शव पहिचान गर्न बाँकी छ। विस्फोटले धेरैवटा कारमा पनि आगलागी भएको छ। केही दिनअघि कश्मीरमा एक डाक्टरलाई पक्राउ गरिएको थियो। यस क्रममा जम्मु कश्मीर प्रहरीले डा. मुजम्मिल गनाईको फरिदाबादस्थित भाडाको घरबाट ३६० किलोग्राम विस्फोटक पदार्थ जफत गरेको थियो। मृतकहरूमध्ये धेरैजसो जम्मु कश्मीर प्रहरी अधिकारी र अमोनियम नाइट्रेटको अनुसन्धान गर्ने फोरेन्सिक टोलीका सदस्य हुन्। विस्फोटमा श्रीनगर प्रशासनका दुई स्थानीय अधिकारी पनि मारिएका छन्। जसमा एक नायब तहसिलदार छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
ब्राउन सुगरसहित २ जना पक्राउ
ब्राउन सुगरसहित २ जना पक्राउ
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा
इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना