मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

सारांश

  •   मधेस प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको छ।
  •   सभामुख रामचन्द्र मण्डलले सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनीष सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए।
  •   आज बिहीबार भने उनीहरू पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको हो।

२८ कात्तिक, काठमाडौं। 

मधेस प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको छ।  सभामुख रामचन्द्र मण्डलले सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनीष सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए।  आज बिहीबार भने उनीहरू पदमुक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको हो।

‘मधेस प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० (घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेका उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गतेदेखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरूको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ। सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनले १० बैठकमा सहभागी नभएका विपक्षी दलका सांसदहरूलाई पदमुक्त गरेका हुन्।  मधेशमा नेपाली कांग्रेससहितको गठनबन्ध सरकार ढलेर ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ