खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
४९ पटक हेरिएको
Shares
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल

सारांश

  • काठमाडौं उपत्यका तथा तराई क्षेत्रबाट समेत एक दिनको तीर्थयात्रा गर्नेको लागि रामेछापको खाँडादेवी मन्दिर उपयुक्त तीर्थस्थल बनेको छ ।
  • राजधानी काठमाडौंबाट ४ घण्टाको यात्रामा पुगिने खाँडादेवी मन्दिरसम्म सबै खालका यातायात साधन पुग्ने भएकोले बच्चा देखि ज्येष्ठ नागरिकसम्मको लागि यो उपयुक्त तीर्थस्थल बनेको छ ।
  • काठमाडौंबाट बिहान सवारीसाधनमा निस्कँदा खालि पेटमा नै मन्दिर दर्शन गर्न भ्याइने र दर्शन गरेपछि मन्दिरमा केही बेर रमाएर पुनः घर फर्कन सकिने भएकोले यो एक दिनको बिदामा घुम्न र दर्शन गर्न आउनेको लागि उपयुक्त तीर्थस्थल भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।

२५ कात्तिक, रामेछाप ।

काठमाडौं उपत्यका तथा तराई क्षेत्रबाट समेत एक दिनको तीर्थयात्रा गर्नेको लागि रामेछापको खाँडादेवी मन्दिर उपयुक्त तीर्थस्थल बनेको छ ।राजधानी काठमाडौंबाट ४ घण्टाको यात्रामा पुगिने खाँडादेवी मन्दिरसम्म सबै खालका यातायात साधन पुग्ने भएकोले बच्चा देखि ज्येष्ठ नागरिकसम्मको लागि यो उपयुक्त तीर्थस्थल बनेको छ ।

काठमाडौंबाट बिहान सवारीसाधनमा निस्कँदा खालि पेटमा नै मन्दिर दर्शन गर्न भ्याइने र दर्शन गरेपछि मन्दिरमा केही बेर रमाएर पुनः घर फर्कन सकिने भएकोले यो एक दिनको बिदामा घुम्न र दर्शन गर्न आउनेको लागि उपयुक्त तीर्थस्थल भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने आफ्नै सवारीसाधन भएकालाई पनि यो मन्दिर दर्शन गरेर जानको लागि पनि उपयुक्त छ । बिपी राजमार्गको सित्खाबाट सुनकोसी नदीको पुल तरेर एक घण्टामा खाँडादेवी मन्दिर पुगिन्छ । मन्दिर दर्शन गरेर पुन सोही बाटो वा रामेछापको सदरमुकाम मन्थली हुँदै खुर्कोट निस्किएर पूर्व जान सकिने भएकोले नयाँ ठाउँ घुम्न चाहनेको लागि अवसर नै हुने स्थानीय अनिता राई बताउँछिन् ।

सिन्धुली, महोत्तरी, धनुषा, सर्लाही लगायतका क्षेत्रबाट मन्दिर दर्शन गरेर एकै दिन घर फर्कन सकिन्छ । अग्लो डाँडामा भएकोले देवीको दर्शन र दृश्यावलोकनका लागि खाँडादेवी उपयुक्त स्थल रहेको छ । काठमाडौं पूर्वबाट बिपी मार्ग हुँदै काठमाडौं हिँडेकालाई यहाँ दर्शन गरे जानसमेत सहज हुने भएकोले खाँडादेवी बाटैको दर्शनस्थल जस्तो बनेको छ । बाह्रै महिना पञ्चवली चढ्ने खाँडादेवीलाई मागेको कुरा पुरा हुने देवी मानिन्छ । आफूले मागेको कुरा पुरा भएपछि खाँडादेवीमा पञ्चवली र भाकल पूजा गर्ने प्रचलन रहेको पुजारीहरू बताउँछन् । खाँडादेवीलाई किराँतकालीन मन्दिर मानिन्छ । यसको इतिहास निक्कै पुरानो छ । खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । यसले यो मन्दिरको  ऐतिहासिक र पुरातात्विक महत्त्व झल्काउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी