मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३० पटक हेरिएको
Shares
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा

सारांश

  • मधेश प्रदेश सरकार गठनविरुद्ध ७ राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् ।
  • मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, लगायतका सांसदहरूले धर्ना दिएका हुन् ।
  • सरकार गठनविरुद्ध एमालेबाहेकका दलहरूले आजै सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेका छन् ।

२५ कात्तिक, जनकपुरधाम ।

मधेश प्रदेश सरकार गठनविरुद्ध ७ राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, लगायतका सांसदहरूले धर्ना दिएका हुन् । सरकार गठनविरुद्ध एमालेबाहेकका दलहरूले आजै सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेका छन् ।

७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ । रिट लिएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च अदालत पुगेका थिए । उनीहरूलाई रिट निवेदनमा सहयोग गर्न मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झासमेत पुगेका थिए ।

गत आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एकाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै  महोत्तरीको बर्दिबासको पानस होटलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन् । यसप्रति कांग्रेससहितका दलहरु आक्रोशित बनेका छन् । होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी भने पदमुक्त भइसकेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार भण्डारीलाई पदमुक्त गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु
धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक
तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आगलागी
तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आगलागी
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग