लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट

सारांश

  • स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका २० स्थानीय तहमध्ये लालबन्दी नगरपालिका पहिलो भएको छ।
  • नगरपालिकाले ९९ अंक प्राप्त गरी जिल्लामै प्रथम स्थान हासिल गरेको हो।
  • स्वास्थ्य सेवा प्रवाहमा पहिलो स्थान हासिल गर्न सफल लालबन्दी नगरपालिकालाई प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया र स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.

सर्लाही। स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका २० स्थानीय तहमध्ये लालबन्दी नगरपालिका पहिलो भएको छ। नगरपालिकाले ९९ अंक प्राप्त गरी जिल्लामै प्रथम स्थान हासिल गरेको हो।

स्वास्थ्य सेवा प्रवाहमा पहिलो स्थान हासिल गर्न सफल लालबन्दी नगरपालिकालाई प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया र स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाले प्रशंसा–पत्रसहित सम्मान गरेका छन्।

लालबन्दी नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरी जिल्लामा उत्कृष्ट उपलब्धि हासिल गरेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।

त्यसतै जिल्लाको विष्णु गाउँपालिकाले ९६ दशमलव ७० अङ्कसहित दोस्रो, हरिपुर नगरपालिकाले ९६ दशमलव २० अङ्कसहित तृतीय भएको छ । क्रमशः हरिवन नगरपालिकाले ९५ दशमलव ४० अङ्क, बसबरिया गाउँपालिकाले ९४ दशमलव २० अङ्क, चक्रघट्टा गाउँपालिकाले ८८ दशमलव ९० अङ्क, पर्सा गाउँपालिकाले ८८ दशमलव ६० अङ्क, ईश्वरपुर नगरपालिकाले ८८ दशमलव १० अङ्क, धनकौल गाउँपालिकाले ८८ दशमलव १० अङ्क, बागमती नगरपालिकाले ८४ अङ्क, चन्द्रनगर गाउँपालिकाले ८३ दशमलव ९० अङ्क, बरहथवा नगरपालिकाले ८३ दशमलव ३० अङ्क, ब्रहमपुरी गाउँपालिकाले ८० दशमलव ९० अङ्क, मलंगवा नगरपालिकाले ८० दशमलव ८० अङ्क, गोडैता नगरपालिकाले ७८ दशमलव ३० अङ्क, बलरा नगरपालिकाले ७७ दशमलव ८० अङ्क, कौडेना गाउँपालिकाले ७७ दशमलव ८० अङ्क, हरिपुर्वा नगरपालिकाले ७१ दशमलव ७० अङ्क, कविलासी नगरपालिकाले ७० दशमलव ७० अङ्क र रामनगर गाउँपालिकाले ७० अङ्क अङ्कसहित अन्तिम स्थानमा छ।

जिल्लास्तरीय मूल्याङ्कन समितिले विभिन्न सूचकका आधारमा स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा प्रवाह गरेका सेवाका आधारमा मूल्याङ्कन प्रतिवेदन तयार पारेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ
कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल