मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा

सारांश

  • नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ ।
  • यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने कांग्रेसको आशंका छ ।
  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दु:खद छ ।

२४ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ । यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने कांग्रेसको आशंका छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दु:खद छ ।

नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’ मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १०३ बमोजिम एमाले दलका नेता सरोज कुमार यादवलाई कात्तिक २३ गतेको पत्रमा आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् । अस्वस्थ भएकाले काठमाडौं जान्छु भन्दै आज बिहान निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन् ।

कांग्रेस महामन्त्री शर्माले संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका छन् । साथै यसलाई न्यायालयले सच्याउने अपेक्षा पनि गरेका छन् । ‘संविधानको धारा १६८ (२) को सरकार बन्ने संभावना छँदै मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ,’ महामन्त्री शर्माले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
अफगानिस्तानविरुद्ध चम्किए आकाश, एक्लैले लिए ५ विकेट
अफगानिस्तानविरुद्ध चम्किए आकाश, एक्लैले लिए ५ विकेट
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री