नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
५५ पटक हेरिएको
Shares
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल

सारांश

  • राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् ।
  • ‘देश, मधेश र युवाको अवस्था’ विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले हरेक राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हाबी भएको टिप्पणी गरे ।
  • उनले नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै व्यवहारमा सीमित भइरहेको बताए ।

२२ कात्तिक, काठमाडौं ।

राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् । ‘देश, मधेश र युवाको अवस्था’ विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले हरेक राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हाबी भएको टिप्पणी गरे । उनले नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै व्यवहारमा सीमित भइरहेको बताए ।

लालले भने, ‘हामीले सबैभन्दा पहिले नेताहरूसँग लड्न सिक्नुपर्छ । सत्ताले जहाँ भए पनि चाहे अमेरिकाको ट्रम्प होस् वा नेपालका शासक प्रजा खोज्छ, नागरिक होइन । नागरिक बन्न त प्रश्न गर्न सक्नुपर्छ ।’ उनले नेपालमा नागरिक बन्ने अवधारणा नै नयाँ भएकाले धेरै मानिसले यसको अर्थ बुझ्न नसकेको बताए । उनले युवाहरूमाझ प्रश्न गर्ने संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘बच्चामा ‘यो किन ?’भन्ने बानी हुन्छ, तर उमेरसँगै त्यो हराउँछ । नागरिक बन्नको लागि त्यही प्रश्न गर्ने बानी फर्काउनुपर्छ,’उनले भने । उनले नागरिक समाज बलियो बनाउन युवाले सत्ताप्रति निर्भीक भएर प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
बुधबार विदेशी मुद्राको विनिमयदर कति?
बुधबार विदेशी मुद्राको विनिमयदर कति?
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति। 
बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति। 
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने
गोविन्दा र सुनिताको सम्बन्धविच्छेद हुँदै !
गोविन्दा र सुनिताको सम्बन्धविच्छेद हुँदै !
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय