गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १, २०८०
|
|
३३ पटक हेरिएको
Shares
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए

सारांश

  • सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराएको घटना सार्वजनिक भएको छ ।
  • गत पुष २७ गते शुक्रबार राती ११ बजे १० जनाको जत्था लिएर गोलबजारका अधिकृत केसी वडा नम्बर ७ स्थित गणपति पेट्रोल पम्पमा रहेको एक चमेनागृहमा पुगे ।
  • चमेनागृहमा मुढा सल्काएर आगो ताप्ने बनाइएको छ ।

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराएको घटना सार्वजनिक भएको छ ।

गत पुष २७ गते शुक्रबार राती ११ बजे १० जनाको जत्था लिएर गोलबजारका अधिकृत केसी वडा नम्बर ७ स्थित गणपति पेट्रोल पम्पमा रहेको एक चमेनागृहमा पुगे । चमेनागृहमा मुढा सल्काएर आगो ताप्ने बनाइएको छ ।

अगेना वरिपरी बसेर अधिकृत केसी दलबलसहित मदिरापान गर्न थाले । त्यही अवसरमा छरछिमेकका ४ जना युवाहरुले चमेनागृहको छेउमै रहेको अर्को एक चिया पसलको वरण्डामा बसेर चिया अर्डर गरे । चिया पिउन आएका युवा मध्ये एक जनाले चुरोट सल्काउन अधिकृत केसी बसेको ठाउँमा पुगेपछि बिबाद सुरु भयो ।

चुरोट सल्काउन अगेनो छेउमा पुगेका परमानन्द सदा भन्छन् उनीहरुले यहाँ ठूला मान्छेहरु खानपिन गर्न आएका छन् । तिमीहरु यहाँबाट जाउ भनेर आदेश दिए । हामी यता छेउमा बसेर चिया खान्छौं हजुरहरु इन्जोए गर्नुहोस् भन्यौ तर अधिकृत केसीको निकटम मित्र ज्ञान कुमार श्रेष्ठले तिमीहरु यहाँ किन आएको ? तुरुन्त यो ठाउँबाट गइहाल भनेर उर्दी लगाए ।

चिया पिउन गएका मध्ये ललित महतोले प्रतिवाद गरे । तपाईहरु यहाँ बसेर रक्सी खान हुने हामीले चिया खान नहुने ? होटल त सार्वजनिक स्थान हो । ललित महतो भन्छन् हामीले प्रतिवाद गरेको अधिकृत केसीसँग आएका दलबलका नाइके ज्ञान कुमार श्रेष्ठलाई मन परेन । उनले हामीलाई झम्टिन खोजे । उनीसँग भएका सबै केटाहरु जाइलाग्न खोजे । हामी त्यहाँबाट भाग्यौं । सिंहले थपे – हामी ४ जना मात्र थियौं उनीहरु १० जनाभन्दा अधिक थिए । फोन गरेर थप केटाहरु पनि बोलाउन थाले । हामी भाग्न थाल्यो उनीहरु दपेट्दै करिब सय मिटर पश्चिम हाम्रो टोलसम्म पुगे । हामी नभागेको भए कुटाकुट हुन्थ्यो ।

यस विषयमा अधिकृत केसीसँग सम्पर्क गर्दा हुन सकेन । उनलाई जहिल्यै फोन गर्दा उठ्दैन । त्यहाँका एक कर्मचारी भन्छन्– अधिकृत केसी सर अपरिचित नम्बर रिसिभ गर्नुहुन्नँ ।

यस प्रसंगमा सिरहाका प्रहरी प्रमुख टेकुनन्द इवालिम्बुसँग जिज्ञाशा राख्दा उनले भने– त्यहाँ त्यस ठाउँमा रात्रीकालिन समयमा जमघट हुँदोरहेछ । त्यसलाई तुरुन्त नियन्त्रण गरिने छ । जोसुकै होस् जाँड खाएर होहल्ला गरेको पाइएमा पक्रेर थुन्नु भनेर मातहतका प्रहरी कार्यालयमा आदेश गरेको छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
सर्लाहीमा संगठन विस्तारमा जुटे नेता महतो
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव
नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने
धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग