चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

सारांश

  • चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने आएको छ ।
  • चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।
  • केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

२२ कात्तिक,  काठमाडौं ।

चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो । केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो । चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरेका छन् ।

अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गरेका छन् । सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए । चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
नवनिर्वाचित सांसदहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
दोहोरो अंकले घट्यो सेयर बजार
दोहोरो अंकले घट्यो सेयर बजार
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए
दुईजनासँग सुन ठगेर फरार महिला पक्राउ
दुईजनासँग सुन ठगेर फरार महिला पक्राउ
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक