भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १, २०८०
|
|
३२ पटक हेरिएको
Shares
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

सारांश

  • भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ।
  • पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं १ बस्ने वर्ष २३ को श्यामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्।
  • साह विभिन्न हत्यामा सुपारी लिई गोली हानी हत्या गरेका फरार प्रतिवादी भारत मोतिहारी जिल्ला, छौडादानो पञ्चायत, तिनकुनि बस्ने अं.

अमरेश कुमार पाण्डे

१ माघ, कलैया । भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं १ बस्ने वर्ष २३ को श्यामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्।

साह विभिन्न हत्यामा सुपारी लिई गोली हानी हत्या गरेका फरार प्रतिवादी भारत मोतिहारी जिल्ला, छौडादानो पञ्चायत, तिनकुनि बस्ने अं.वर्ष ३२ को सार्प शुटर सुजित कुमार सिंहको मुद्दा प्रहरी, सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाईदिन्छु भनी ठगी गरेको आरोप रहेको छ।

यहि पौष १० गते सार्प सुटरलाई भारतबाट
नेपाल प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीसँगको मुठभेडमा खुट्टामा गोली लागि घाईते भई प्रादेशिक अस्पताल
कलैया, बारामा उपचार भईरहेको अवस्था छ। सोहि अवस्थामा साहले सार्प सुटर सिंहको बुवा जयमंगल सिंहसँग निज सुजित कुमार सिंहको मुद्धा प्रहरी,
सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाईदिन्छु भनी रू. १६ लाख ( भा.रु.दश लाख) माग गरेको आरोप रहेको छ । भने सुजित कुमार सिंहको बुवासँग श्यामबाबु साहले रू. एक लाख ९२ हजार हजार (भा.रु. एक लाख २० हजार) रकम लिई ठगी गरेको भन्ने जंयमगल सिंहको जाहेरी दरखास्तको आधारमा शनिबार पक्राउ गरीएको समेत प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी गराएका छन्।

साथै प्रहरी नायब उपरीक्षक न्यौपानेको अनुसार निज श्यामबाबु साहलाई पक्राउ गरी ठगी तथा आपराधिक बिश्वासघात सम्बन्धि मुद्दामा बारा जिल्ला अदालत कलैयाबाट पाँच दिन को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ। भने उक्त ठगीमा संलग्न अन्य व्यक्तिहरू उपर अनुसन्धान एवम् खोजी भईरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?