नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
९५ पटक हेरिएको
Shares
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ

सारांश

  • अवैध रूपमा भारत प्रवेश गर्न खोजेको आरोपमा एक नेपाली युवक र एक उजबेकिस्तानी महिला पक्राउ परेका छन्।
  • नेपाल हुँदै सर्लाहीको मलंगवा–सोनबरसा सीमा नाकाबाट प्रवेश गर्न लागेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले सोमबार नियन्त्रणमा लिएका थिए।
  • पक्राउ पर्नेमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुरका १९ वर्षिय विकेश कुमार महतो र उजबेकिस्तानको समरकन्द बस्दै आएकी ३० वर्षीया सोफिया उज्बेकोभा रहेका छन्।

२० कात्तिक, सर्लाही।

अवैध रूपमा भारत प्रवेश गर्न खोजेको आरोपमा एक नेपाली युवक र एक उजबेकिस्तानी महिला पक्राउ परेका छन्। नेपाल हुँदै सर्लाहीको मलंगवा–सोनबरसा सीमा नाकाबाट प्रवेश गर्न लागेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले सोमबार नियन्त्रणमा लिएका थिए। पक्राउ पर्नेमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुरका १९ वर्षिय विकेश कुमार महतो र उजबेकिस्तानको समरकन्द बस्दै आएकी ३० वर्षीया सोफिया उज्बेकोभा रहेका छन्।

विकेश दुखा रायका छोरा हुन्। दुवैजनाले नेपालबाट दिल्ली जाने तयारी गरिरहेका थिए। उनीहरूको साथबाट नेपाली र उजबेकिस्तानी सिमकार्डसहित तीन वटा मोबाइल फोन र एउटा इलेक्ट्रिक स्कुटी बरामद गरिएको छ। तर, उनीहरूले कुनै परिचयपत्र वा यात्राको कागजात पेश गर्न सकेनन्। हनुमान चौक चेकपोस्टमा नियमित जाँचका क्रममा उनीहरूले बारम्बार बयान परिवर्तन गरेपछि सुरक्षाकर्मीले शंका गरेर नियन्त्रणमा लिएका थिए।

प्रारम्भिक सोधपुछपछि दुवैजनालाई सोनबरसा प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको छ। प्रहरीले उनीहरूलाई न्यायिक हिरासतमा पठाउने तयारी गरिरहेको जनाएको छ। भारतमा आजदेखि सुरु भएको विधानसभाको निर्वाचन लक्षित एसएसबीले सीमा क्षेत्रमा निगरानी र तलासी अभियान कडा बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
नेपाल प्रहरीका ४५ जना एसपीको एकैपटकमा सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ४५ जना एसपीको एकैपटकमा सरुवा (सूचीसहित)
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध
बस्तीमा डोजर चल्ने भएपछि महोत्तरीको कालापानीका स्थानीयले वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु