Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
४५ पटक हेरिएको
Shares
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ ।
  • काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो ।
  • सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेको छ भने चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।

१९ कात्तिक, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेको छ भने चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।

दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । यस्ता छन्, ९ बुँदे प्रस्तावहरु ः

१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ ।

२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ ।

४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् । ७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ । ८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ । ९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै
नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै