Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २६, २०८०
|
|
४० पटक हेरिएको
Shares
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन

सारांश

  • सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।
  • ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ ।
  • जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।

२६ पुस, काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।

ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए । ‘विद्युतीय माध्यमबाट ती तस्वीरहरु सार्वजनिक गराइएकाले ब्यूरोले यो विषयलाई नोटिसमा लिएको हो’, एसपी रायले भने ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो । ५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६) लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यसक्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा ईभी दु*र्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर
मकवानपुरमा ईभी दु*र्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण , जवाफी पत्र यस्तो छ
कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण , जवाफी पत्र यस्तो छ