बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
४५ पटक हेरिएको
Shares
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान

सारांश

  • बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।
  • बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो ।
  • अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

१९ कात्तिक, काठमाडौं ।

बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् । अशोक राईसँग छुटेर पछि उनी डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी
काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी
रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारभित्र खुलाउने तयारी
रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारभित्र खुलाउने तयारी
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा