हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
१९ कात्तिक, हुम्ला ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए । प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए । बेवारिसे रुपमा भेटिएका २ हजार २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताए । यसलाई नष्ट गरिने डीएपसी पोखरेलले बताए ।




Post Comment