१३ चैत्र २०८२, शुक्रबार

माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने

१८ कात्तिक, काठमाडौं ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो।

जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो । माओवादी नेता रामप्रसाद सापकोटा दिपशिखाका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा राखिने भएको छ । नेताहरूका अनुसार माओवादी केन्द्रबाट पारित भएको यो नामबारे अन्य एकतामा रहेका पार्टीहरूसँग समेत छलफल भएर अगाडि बढ्नेछ ।

Post Comment

छुटाउनुभयो कि ?