बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृ*त्यु

सारांश

  • बाजुरामा बस दुर्घटनामा परि घाइते भएका बस सहचालक बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।
  • जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।
  • घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको भएपनि अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको उनले बताए ।

१६ कात्तिक, बाजुरा ।

बाजुरामा बस दुर्घटनामा परि घाइते भएका बस सहचालक बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् । घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको भएपनि अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको उनले बताए । मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका–७ सेरकाटियाका बस दुर्घटनामा परेको थियो।बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

घाइते भएर अवस्था गम्भीर भएका आठ जनाको उपचारका लागि शनिबार राति नै एम्बुलेन्स र जीप मार्फत धनगढी पठाइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले जिल्लामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । उनका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वषीृय विशाल शाही,बुढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने७ वर्षीया लक्ष्मी मल्ललाई रिफर गरिएको अस्पतालका सूचना अधिकारी गिरीले बताए ।

यस्तै बुढीगंगा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह,उनकी छोरी २ वर्षीया छोरी जेनिशा सिंह,५ वर्षीया पल्ले सिंह, जेसिका सिंह र बुढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पतालका सूचना अधिकारी गिरीको भनाइ छ । कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ । बस दुर्घटनापछि चालक फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक
पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर
जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित