त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट आएकी एक यात्रुबाट सुन बरामद भएको छ ।
- शनिबार राति दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो ।
- श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
२२ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट आएकी एक यात्रुबाट सुन बरामद भएको छ ।
शनिबार राति दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो । श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनी फ्लाई दुबईबाट राति १२ः५ बजे एयरपोर्ट झरेकी थिइन् । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया