कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
काठमाडौँ महानगरका प्रमुख बालेन शाहले नेताहरूप्रति कटाक्ष गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका हुन् ।
तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको बताए । उनले भने’भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौँ !’
जेनजीहरुको आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको र कांग्रेसले एमालेको जलाएको बताउँदै उनले भने,’दोष आफ्नो बालबच्चालाई दिन्छौँ चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’





Post Comment