कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का

सारांश

  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् ।
  • ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित  पार्टीका पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औं पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरको छैन् ।
  • ’ कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हो भने जनजीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोवल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए ।

४ कात्तिक, सुर्खेत ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् । ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित  पार्टीका पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औं पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरको छैन् ।’

कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हो भने जनजीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोवल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए । कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाल्छना लगाउने, भ्रम सिर्जना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको आरोप लगाए ।

‘हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानवीन अनुसन्धानहरूमा खुल्ला छौं, ‘उनले भने, ‘तर, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सिर्जना गर्ने, अनेक लाल्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छ, यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ कार्यवाहक सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, अहिलेको वर्तमान परिस्थितिका बारेमा आधिकारिक निर्णय गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
पानीमा डुबेर एक युवकको मृत्यु
पानीमा डुबेर एक युवकको मृत्यु
अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी
अलपत्र आयोजनाका ठेक्का तोड्ने तयारी
सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान
सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस