अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद

सारांश

  • मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।
  • प्रहरीले बुधबार साँझ मनहरी गाउँपालिका क्षेत्रबाट सर्लाहीको लालबन्दीतर्फ लैजाँदै गरेका ती गाडीहरू नियन्त्रणमा लिएको हो ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका गाडीहरू — गाडी नम्बर  प्रदेश न २  ०३–००१ च ३३५६  र बा २१ च ८९२८ मा क्षमताभन्दा बढी पशुहरू राखी ढुवानी गरिएको थियो ।

३० असोज, हेटौंडा ।

मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार साँझ मनहरी गाउँपालिका क्षेत्रबाट सर्लाहीको लालबन्दीतर्फ लैजाँदै गरेका ती गाडीहरू नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका गाडीहरू — गाडी नम्बर  प्रदेश न २  ०३–००१ च ३३५६  र बा २१ च ८९२८ मा क्षमताभन्दा बढी पशुहरू राखी ढुवानी गरिएको थियो । ती पशुहरूलाई सर्लाहीस्थित लालबन्दीतर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै गाडीका चालकहरूलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय मकवानपुर पठाएको छ।

मापदण्ड विपरीत ढुवानी नेपाल सरकारद्वारा जारी पशु ढुवानी मापदण्ड, २०६४ अनुसार गाई र गोरु, बाछा र बाछीलाई एउटै सवारी साधनमा एकसाथ ढुवानी गर्न पाइँदैन। तर नियन्त्रणमा परेका सवारी साधनहरूमा दुबै प्रकारका पशुहरू एउटै गाडीमा राखिएको पाइएको छ। यसरी मापदण्ड उल्लङ्घन गरी ढुवानी गर्दा पशुको स्वास्थ्यमा गम्भीर असर पर्ने, सवारी दुर्घटनाको जोखिम बढ्ने र पशु कल्याणसम्बन्धी कानुनको पनि उल्लङ्घन हुने प्रहरी अधिकारीहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक अधिकारीका अनुसार, ‘गाडीमा क्षमताभन्दा धेरै पशु राखिएको थियो। यस्तो प्रकारको ढुवानी केवल गैरकानुनी मात्र होइन, पशु कल्याण मापदण्डको पनि उल्लङ्घन हो। अहिले नियन्त्रणमा रहेका चालकहरूमाथि थप अनुसन्धान भइरहेको छ ।’ भेटेरिनरी प्रमाणपत्र पनि शंकास्पद उक्त गाडीहरूमा भेटेरिनरी प्रमाणपत्र पनि फेला परेको छ, तर सो प्रमाणपत्र नियम विपरीत जारी गरिएको पाइएको छ । प्रहरीका अनुसार, प्रमाणपत्रमा न भेटेरिनरी डाक्टरको मोबाइल नम्बर छ, न कार्यालयको ठेगाना। त्यसमाथि पनि पशुको स्वास्थ्य परीक्षण नगरी र मापदण्डभन्दा बढी सङ्ख्याका पशु राखिएको अवस्थामा प्रमाणपत्र जारी गरिएको थियो । पशु चिकित्सकका अनुसार, कुनै पनि पशु ढुवानी गर्नुअघि स्वास्थ्य परीक्षण गरी गाडीमा राखिएका पशुको अवस्थाबारे स्पष्ट उल्लेखसहित प्रमाणपत्र जारी गर्नुपर्छ । तर यस मामिलामा त्यस्तो प्रक्रिया पालना नभएको देखिएको छ ।

पशुसेवा कार्यालय मकवानपुरका एक प्राविधिक स्रोतका अनुसार, ‘यदि प्रमाणपत्र नक्कली वा मापदण्डविपरीत जारी गरिएको हो भने त्यसमा संलग्न व्यक्तिमाथि पनि कानुनी कारबाही हुनुपर्छ ।’ कानुनी कारबाहीको तयारी अवैध पशु ढुवानीसम्बन्धी मुद्दा पशु सेवा ऐन २०७५ र त्यससँग सम्बन्धित मापदण्डअनुसार अघि बढाइने प्रहरीले जनाएको छ । ती पशुहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राखिएको छ। प्रहरीले गाडी मालिक र तस्करी शृङ्खलामा संलग्न अन्य व्यक्तिको पनि खोजी तीव्र पारेको छ ।तस्करी बढ्दो चिन्ता हालैका वर्षहरूमा मकवानपुर हुँदै तराईका विभिन्न जिल्लातर्फ पशु तस्करीको घटना बढ्दै गएको छ। सस्तो मूल्यमा खरिद गरी सिमानातर्फ पठाउने उद्देश्यले केही समूहहरूले यस्तो गैरकानुनी कारोबार बढाइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासीहरूका अनुसार, ‘रातिको समयमा गाई–गोरुका गाडीहरू प्रायः मनहरीतर्फ गुडिरहेको देखिन्छ । प्रहरी गस्ती बढे पनि तस्करी गर्नेहरूले बाटो बदल्ने, कागजात नक्कली बनाउने र भेटेरिनरी कागज दुरुपयोग गर्ने जस्ता तरिका अपनाइरहेका छन्।’ प्रहरीले भने यस्तो गतिविधि नियन्त्रणका लागि नाका क्षेत्रमा गस्ती र निगरानी थप गरिएको जनाएको छ । मकवानपुर प्रहरीले पशु ढुवानीमा हुने अनियमितता र भेटेरिनरी प्रमाणपत्रको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई पनि सशक्त अनुगमन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो
मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान