Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २५, २०८२
|
|
४० पटक हेरिएको
Shares
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ

सारांश

  • रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरीस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो ।
  • प्रधानाध्यापक साहले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयका शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको खुलासा भएको अख्तियार स्रोतले जनाएको छ ।

२५ असोज,  रौतहट ।

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरीस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक साहले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयका शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको खुलासा भएको अख्तियार स्रोतले जनाएको छ ।

उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि रंगेहात पक्राउ परेका हुन् । अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्दलाई रकमसहित नियन्त्रणमा लिएपछि थप अनुसन्धानका क्रममा धरहरी पुगेर प्रधानाध्यापक सञ्जय साहलाई पक्राउ गरेको थियो। परीक्षामा सहभागी एक शिक्षकसँग रकम मागिएको सूचनाका आधारमा अख्तियारले निगरानी राख्दै पक्राउ प्रक्रिया अघि बढाएको बताईएको छ । पक्राउ परेका दुवै जनालाई प्रारम्भिक सोधपुछपछि शुक्रबार राति नै थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
त्रिभुवन विमानस्थलबाट सुनसहित २ युवती पक्राउ
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो