‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको आरोप लगाएका छन् ।
  • बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याईले बनेको भन्दै संसद भंग गर्ने पूर्वसर्त राखेर कार्की प्रधानमन्त्री भएको आरोप लगाएका हुन् ।
  • उनले भने,‘अहिले देशमा सरकार छ ।

२३ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याईले बनेको भन्दै संसद भंग गर्ने पूर्वसर्त राखेर कार्की प्रधानमन्त्री भएको आरोप लगाएका हुन् । उनले भने,‘अहिले देशमा सरकार छ । तर संविधान अनुसार बनेको छैन् । बलमिच्याईले बनेको सरकार छ ।

अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो । तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भंग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो । संसद भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।’ त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे । अर्थतन्त्रमा बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको ठम्याई छ । ‘देश र देशको सार्वभौमसत्तामाथि हमला छ । देशको भौगोलिकता माथि हमला छ । देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यसकारण पनि हमला भइरहेको छ,’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?