घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार

सारांश

  • गत असोज १७ र १८ को अविरल वर्षाका कारण घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
  • वर्षाका कारण घर भत्किँदा घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।
  • उनका अनुसार  मोक्तान भौगोलिक रुपमा विकट रहेका डाडाँपारीको महाभारत गाउँपालिका–८ घर्तिछापका हुन् ।

२२ असोज, काभ्रेपलाञ्चोक।

गत असोज १७ र १८ को अविरल वर्षाका कारण घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार गरिएको छ । वर्षाका कारण घर भत्किँदा घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

उनका अनुसार  मोक्तान भौगोलिक रुपमा विकट रहेका डाडाँपारीको महाभारत गाउँपालिका–८ घर्तिछापका हुन् । महाभारतमा सडक अवरुद्ध भएकाले तत्काल उद्धार गरी अस्पतालसम्म लैजान हेलिकप्टरको प्रयोग गरिएको महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए। अविरल वर्षाका कारण मोक्तानको घर असोज २० गते भत्किएको थियो । घरको गारोले टाउकोमा लाग्दा गहिरो चोट लागेकाले उनको थप उपचारका लागि बुधवार हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो । घाइते मोक्तानको उद्धारका लागि महाभारत गाउँपालिका–८ को वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाले हेलि एम्बुलेन्सको व्यवस्थाका लागि अनुरोध गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
सरकारको तयारी : घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
सरकारको तयारी : घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली