सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला

सारांश

  • सडक निकासको माग राख्दै थलारा गाउँपालिका-६ सडिलका जेन-जीले तोडफोडसहित कार्यालयमा ताला लगाएका छन ।
  • युवाहरुले कर्मचारीलाई बाहिर निकाल्दै कार्यालयमा तोडफोडसहित तालाबन्दी गरेका हुन ।
  • झनाना सडिल तराटी ठिङाललेख सडकको माग गर्दै उनीहरु पालिका पुगेका थिए ।

२२ असोज, बझाङ ।

सडक निकासको माग राख्दै थलारा गाउँपालिका-६ सडिलका जेन-जीले तोडफोडसहित कार्यालयमा ताला लगाएका छन । युवाहरुले कर्मचारीलाई बाहिर निकाल्दै कार्यालयमा तोडफोडसहित तालाबन्दी गरेका हुन । झनाना सडिल तराटी ठिङाललेख सडकको माग गर्दै उनीहरु पालिका पुगेका थिए । उनीहरुले वडा नम्बर ६ को कार्यालयमा समेत तालाबन्दी गरेका थिए ।

गाउँपालिका ताला लगाउने सुचना पाए पनि ईलाका प्रहरी कार्यालयसँग पर्याप्त सुरक्षाकर्मी नहुँदा नियन्त्रण गर्न नसकेको प्रहरीले जनाएको छ । कार्यालयमा के कति क्षति भएको छ अहिले भन्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले बताए । सडिलका युवाहरुले आफ्नो माग पूरा गराउन शान्तिपूर्ण ढंगले गाउँपालिका र वडा पालिकामा ताला लगाईएको र माग पूरा नहुन्जेलसम्म ताला नखोल्ने बताएका छन् । झनाना सडिल तराटी ठिङाल्लेक सडक ठिङाल्लेकबाट कटिङ सुरु गरी पिखेत गाउँको मुङरा धारासम्म पुगेको छ ।

झनाना हुँदै पखेत गाउँसम्म पुगेको छ भने गाउँमा सहमति नजुट्दा करिव १५० मिटर सडक जोडिन बाकी रहेको छ । सडक जोड्न आर्थिक बर्ष २०८१र८२ मा १० लाख रुपैया बिनियोजन गरिएको थियो । सहमति जुटाउन थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष रामबहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, वडा अध्यक्ष अनिल बिष्ट लगायत सरोकारवालाहरुले पहल गरे पनि सहमति नजुट्दा बजेट फ्रिज गएको थियो । पिखेतबाटमात्रै सडक आउनुपर्छ भन्ने हाम्रो मागछैन जहाबाट भए पनि सडिल गाउँ सडकसँग जोडिनुपर्छ भन्ने आफ्नो माग रहेको युवा देबी कडायतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड