दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
१२३ पटक हेरिएको
Shares
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र

सारांश

  • शनिबार बिहानदेखि दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ।
  • दार्जिलिङ उप-विभागीय अधिकारी रिचर्ड लेप्चाका अनुसार बाढी पहिरोमा परी अहिलेसम्म २३ जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ।

२० असोज, काठमाडौं ।

शनिबार बिहानदेखि दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। दार्जिलिङ उप-विभागीय अधिकारी रिचर्ड लेप्चाका अनुसार बाढी पहिरोमा परी अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ। भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पुर्‍याएको छ। धेरै क्षेत्रमा घरहरू भत्किएका छन्।

जिल्ला प्रशासन स्रोतका अनुसार धेरै दुर्गम ठाउँहरूबाट जनधनको क्षतिको पूर्ण जानकारी अझै प्राप्त भएको छैन। दार्जिलिङ र सिक्किम देशको बाँकी भागबाट काटिएका छन्। उत्तर बंगालका नदीहरूले धेरै क्षेत्रहरू डुबानमा पारेका छन् जसले गर्दा हजारौं पर्यटक अलपत्र परेका छन्। मुख्यमन्त्री ममता बनर्जीले पर्यटकहरूलाई धैर्य राख्न अपील गरेकी छिन् । एनडीआरएफ, एसडीआरएफ र राज्य प्रहरीका टोलीहरू राहत र उद्धार कार्यमा जुटेका छन्।

दार्जिलिङ जिल्ला प्रशासनले मिरिकमा नौ जना, सुकियापोखरीमा सातजना र बिजनबारीमा एकजनाको मृत्यु भएको जनाएको छ। साँझ दार्जिलिङ नजिकैको भग्नावशेषबाट एकजनाको शव निकालिएको थियो। पहिरोका कारण राष्ट्रिय राजमार्ग बन्द समेत भएको छ।मिरिक-दुधिया नजिकै पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग पनि बन्द भएको छ। सिक्किम र कालिम्पोङ बीचको सञ्चार पनि अवरुद्ध भएको छ। मौसम विभागले अलिपुरद्वार, कुचबिहार र जलपाईगुडीमा भारी वर्षा हुने चेतावनी दिएको छ। पछिल्लो २४ घण्टामा कुचबिहारमा १९०.२ मिमी, जलपाईगुडीमा १७२ मिमी र सिलगुडीमा १३४ मिमी वर्षा रेकर्ड गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ २८ वैशाखमा
संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ २८ वैशाखमा
५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली
५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु
नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो